एसइईमा जीपीए—४ ल्याउने विद्यार्थीलाई वाल्मीकिले दियो एक लाख - Crazysaptahik.com

एसइईमा जीपीए—४ ल्याउने विद्यार्थीलाई वाल्मीकिले दियो एक लाख


भूमिप्रसाद पाठक
पथरी । पथरीशनिश्चरे नगरपालिका—२ स्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले एसइई परीक्षामा जीपीए—४ ल्याउने विद्यार्थी युनिक श्रेष्ठलाई नगद एक लाखसहित सम्मान गरेको छ । श्रेष्ठसँगै जीपीए—३.९ ल्याउने सजना घिमिरेलाई समेत नगद २५ हजार र सम्मान पत्र प्रदान गरेका हुन् ।
वाल्मीकिले शनिबार एसइई परीक्षा उतिर्ण विद्यार्थीहरुलाई सम्मान बधाई तथा विदाइ कार्यक्रम गरी दुई जना विद्यार्थीलाई सम्मान गरेको हो । कार्यक्रममा मोरङ प्याव्सनको अध्यक्ष अर्जुन बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्याव्सन अध्यक्ष उपेन्द्र कँडेल, नगरपालिका शिक्षा उपसचिव सालिकराम काफ्ले, नगरपालिका २ नं. वडाध्यक्ष यमप्रसाद गुरागाई, एभरेष्ट माविका शिक्षक वेदनिधि खनाल लगायतको उपस्थिति रहेका थिए ।

त्यसैगरी कन्चनजंङ्गा बोडिङ स्कुलका प्रिन्सिपल खड्गबहादुर श्रेष्ठ, प्याराडाइज बोडिङका निर्देशक सुरेन्द्र लिम्बू, केबी मेमोरियल बोडिङका प्रिन्सिपल किशोर खड्का, लाइन्स क्लव अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी, सुफ्त बोर्डिङ स्कुलका प्रिन्सिपल षन्तोष बस्नेत, अरुणोदय माविकी प्रिन्सिपल शान्ति राई लगायतको उपस्थिति थियो । शिक्षक अभिभावक संघ अध्यक्ष नेत्रप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा शिक्षिका मिना तामाङले स्वगत गरेकी थिइन । अभिभावकको तर्फबाट रोहिणी घिमिरले मन्तव्य राखेका थिए ।

मोरङ पथरी स्थित वाल्मीकिबाट ७५ जना परीक्षार्थी मध्ये श्रेष्ठले जीपीए—४ ल्याएका हुन् । अन्य परीक्षार्थी जीपीए—३.७ भन्दा माथि ल्याउने २० जना, ३.२ भन्दा माथि ३०, जीपीए—२.८ भन्दा माथि २२ र २.४ ल्याउने ३ जनाले रहेको विद्यालयका निर्देशक नोवलकिशोर खनालले बताए । यो बर्षको परीक्षामा वाल्मीकि पूर्वी मोरङकै उत्कृष्ट अंक ल्याउने स्कुल भएको छ । गत बर्ष पथरीकै एभरेष्ट बोर्डिङ स्कुलबाट दुई जनाले जीपीए—४ ल्याएर उतिर्ण भएका थिए ।

सम्बन्धित खवर