अन्तरकलेज प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने - Crazysaptahik.com

अन्तरकलेज प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने


भूमिप्रसाद पाठक
सामुदायिक विकास मञ्च सिटिएफ नेपाल लेटाङ र अन्तरधार्मिक शान्ति युवा समूहको आयोजनामा प्रदेश नं–१ स्तरीय अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । युएमएन सुनसरी नेपालको सहयोगमा हुने सो कार्यक्रमको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

‘सामुदायिक शान्ति निर्माणको लागि धार्मिक सहिष्णुता’ शीर्षक बिषयको वक्तृत्वकला प्रतियोगिता आयोजना हुने साउन २४ गते मोरङको पथरीशनिश्चरे–२ मा रहेको सिन भिलेज पार्टी प्यालेसमा अन्तरधार्मिक समूहका कार्यक्रम संयोजक सुमन कुरुङवाङले बताए । प्रदेश नं–१ बाट २५ जनालाई सहभागी गराइने सो समूहका संयोजक कुरुङवाङले सुनाए । त्यो भन्दा बढी भएमा छनौट प्रक्रिया जाने समेत उनले खुलाए । आजबाट नै साउन–१५ गते सम्म फारम खुल्ला गरिएको अन्तरधार्मिक युवा संघका आयोजक मध्येका आकाश कुलुङ राइले बताए । सो कार्यक्रममा कक्षा–११ भन्दा माथिका विद्यार्थी र एउटा कलेजबाट १ जनाले मात्र सहभागी गराउन पाउने सिटिएफ नेपालका अध्यक्ष किशोर भट्राइले सुनाए ।

वर्तमान समयमा समाजमा बढ्दै गएको धार्मिक द्धन्दलाई समाधान गरि सभ्य, सुसंस्कृत समाज निर्माण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको सिटिएफ नेपाल शान्ति परियोजनाकी सावित्रा शिवाकोटीले बताइन । सोही कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुने प्रतिस्पर्धीलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजारले र प्रमाण–पत्रले सहित पुरस्कृत गरिने शिवाकोटीले जनाइन् ।

सम्बन्धित खवर