ओखलढुंगामा बस पल्टिदा, ३ जनाको मृत्यु, १७ घाइते - Crazysaptahik.com

ओखलढुंगामा बस पल्टिदा, ३ जनाको मृत्यु, १७ घाइते

ओखलढुंगा l ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बुधबार बिहान ३ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको पहलमा उदार जारी राखेको प्रहरीले जनाएको छ ।

घाइते चार जनालाई काठमाडौं पठाइयो
बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बसका चालक झापाका ४२ वर्षीय कृष्णबहादुर बस्नेत, सोलुदूधकुण्ड नगरपालिका–५ की ५२ वर्षीया माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका–१४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ । घटनाको बिस्तृत विवरण आउन अझै बाँकी छ ।

सम्बन्धित खवर