व्यापारी साहको घरमा आगलागी, ८० लाखको क्षति (फोटो फिचर) - Crazysaptahik.com

व्यापारी साहको घरमा आगलागी, ८० लाखको क्षति (फोटो फिचर)


क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे–८ का व्यापारी कैलाश साहको घरमा बुधबार राति आगलागि भएको छ । आगलागिबाट ५ कोठे पक्की घरका सम्पूर्ण सर समान लत्ताकपडा, भाडावर्तन, खाद्यान्न जलेर नष्ट भएको छ ।


आगलागीमा २ वटा मोटरसाईकल जलेर खरानी भएको छ भने धेरै मात्रामा पसलको सामानहरु जलेर नष्ट भएको छ । व्यापारी साहको घरमा ग्यासको डिलर, पेट्रोल डिजेल समेतको व्यापार रहेको थियोे । आगलागीबाट करिब ८० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इप्रका पथरीका प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिए । दमक र सुन्दरहरैचाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

 

रहस्यमय तरिकाले आगलागि भएको सो स्थानमा बिहिवार बिहान पथरी उद्योग वाणिज्य संघको टोलीले निरीक्षण गरेको छ । संघका अध्यक्ष दिपक बस्नेतको नेतृत्वमा उपाध्यक्ष यादबचन्द्र दुलाल सहित गएको टोलीले निरीक्षण गरेको थियो ।

यस्तैगरी आगलागीको निरीक्षक गर्न प्रदेश नम्बर १ कि सभासद माननीय कृष्ण कुमारी राई, पुर्ब माननीय चण्डी प्रसाद राई, नगरपालिकाका प्रमुख दिलिप कुमार राई (किशोर), उपप्रमुख यमुना बिष्ट बास्तोला, ८ नम्बर वडा अध्यक्ष बाबुराम दाहाल, ९ नम्बर वडा अध्यक्ष भानुभक्त राइ, नेकपा जिल्ला कमिटी सदस्य क. टंक भण्डारी पनि पुगेका थिए ।

सम्बन्धित खवर