कोशी व्यारेजका ५६ वटै ढोका खोलियो, पानीका वहाव ३ लाख क्युसेक माथि - Crazysaptahik.com

कोशी व्यारेजका ५६ वटै ढोका खोलियो, पानीका वहाव ३ लाख क्युसेक माथि

क्रेजी साप्ताहिक
पथरी । कोशी व्यारेजका ५६ वटै ढोका खोलीएको छ । सुनसरी र सप्तकोशी नदीमा पानीको स्तर उच्च भई पुललाई नै खतरा भए पछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको हो ।

राती १० बजे नेपाल पक्षको अनुरोधमा भारतले सबै ढोका खुल्ला गरेको भण्टावारीस्थित सशस्त्र प्रहरी वलका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानकारी दिए । राती ९ बजेको मापन अनुसार पानीका वहाव ३ लाख ७१ हजार एक सय १० क्यूसेक पुगेको छ । पानी निरन्तर परिरहेकाले कोशीको जलस्तर बढ्दोक्रममा रहेको उनले बताए ।

कोशीको पानीको वहाव मापनको कन्ट्रोल भारतको हातमा रहेको छ । बढि ढोका खोल्दा विहारका जिल्ला डुवानमा पर्ने भन्दैं भारतले विगत बर्षहरुमा सबै ढोका खोल्न तयार रहेको थिएन । ५६ वटै ढोका खोल्न भारत तयार भएको पहिलो पटक हो ।

सम्बन्धित खवर