साझेदारी वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया - Crazysaptahik.com

साझेदारी वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

तस्बिर : करण धिताल

भूमिप्रसाद पाठक
पथरी । पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वनको सभाहलमा साझेदारी वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार वन वैज्ञानिक सम्बन्धी प्रोजेक्टरको माध्यमबाट सव–डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत दिपेशकुमार मिश्रले स्पष्ट पारेका थिए ।

प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरे साझेदारी वन समूहका संयोजक प्रकाश पौडेलले वैज्ञानिक वन बनाउने कुरामा जोड दिएका थिए । अतिथिका रुपमा नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव तथा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य डिएन तिम्सिनाले वन जोगाउने कुरामा आफ्नो धारणा व्यक्त गरे ।

सोही कार्यक्रममा मन्तव्य राख्नेहरुमा पथरी शनिश्चरे वडा नं – ३ का वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, सव–डिभिजन कार्यालय पथरीका सहायक वन अधिकृत मोहम्मत अल्लाउदिन अन्सारी, हरियाली सामुदायिक उपभोक्ता वन समूहका अध्यक्ष काबुल बहादुर मगर ‘विकास’ लगायत रहेका थिए ।
सोही कार्यक्रमको अतिथिहरुमा सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तारुणीप्रसाद चौधरी, प्रेस चौतारी मोरङका उपाध्यक्ष केदार चौहान, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य एवम् सञ्चार क्लव उर्लावारीका अध्यक्ष सरोज बस्नेत, हरियाली सामुदायिक वन समूहका लेखा संयोजक केशवप्रसाद दाहाल र नगर सूचना संयोजक भूपेन्द्र तिम्सिना लगायत रहेका थिए । उक्त कार्यक्रमको स्वागत मन्तव्य केदार चौहानले राखेका थिए ।


सोही कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईले गरेका थिए । सो कार्यक्रमको सहयोगी पथरीशनिश्चरे साझेदारी वन व्यवस्थापन समूहले गरेको थियो । उक्त कार्यक्रमको आयोजना नेपाल पत्रकार मञ्चले गरेको थियो । सो कार्यक्रम सञ्चालन पत्रकार भीमराज अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.