बाढी पहिरो अपडेटः ज्यान गुमाउनको संख्या ५० पुग्यो(विवरण सहित) - Crazysaptahik.com

बाढी पहिरो अपडेटः ज्यान गुमाउनको संख्या ५० पुग्यो(विवरण सहित)


क्रेजी साप्ताहिक
पथरी । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या थप बढेको छ । वर्षाका कारण आएको बाढी र पहिरोका कारण आज (आइतबार) विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ३३ जना बेपत्ता सर्वसाधारणको खोजी र भइरहेको छ । हालसम्म एक हजार १०४ जनाको उद्दार गरिसकिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

सम्बन्धित खवर