पथरीशनिश्चरे क्षेत्रको खोलाको कटान अवलोकन - Crazysaptahik.com

पथरीशनिश्चरे क्षेत्रको खोलाको कटान अवलोकन

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे १० नम्वर वडा क्षेत्रमा डाँस र मोरङ्गी खोलाको कटानको क्षेत्रमा सोमबार विहान नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिले अवलोकन गरेका छन् ।

उपप्रमुख वास्तोलाका साथै कार्यपालिका सदस्य मैनादेवी आचार्य र अनोज घिमिरेले सहितले अविरल वर्षाका कारण डाँसखोलामा आएको बाढीले भएको डाँसखोला पुल क्षेत्र र देवीथान पूर्व उत्तरमा वस्तीतर्फ भएको कटानको अवलोकन गरेको हो । मोरङ्गी खोलाले टोलको पुछार तथा त्यसभन्दा उत्तरमा भएको कटानको अवलोकन भएको छ । कटान भएको क्षेत्रमा स्काभेटर लगाएर खोलाको धार परिवर्तनको प्रयास गरिने उपप्रमुख वास्तोलाले बताइन् ।

यस्तैगरी वर्षाका कारण भएका कटान तथा डुवान क्षेत्रमा आज पनि जनप्रतिनिधिहरुले निरीक्षण गर्दै समस्या समाधानमा सघाएका छन् ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितको अगुवाईमा वडा वडाका जनप्रतिनिधिहरुले वक्राहा, डाँस र मोरङ्गी खोलाको कटानको क्षेत्र निरीक्षण गरेका छन् । वडा नम्वर ५ स्थित सुन्दरीचोक दक्षिणमा वक्राहा नदीले पश्चिमतर्फको बाँधमा कटान सुरु गरेपछि त्यहाँ बाँसको किला गाडेर कटान नियन्त्रणमा केही सहयोग पुर्याइएको छ ।

नदीको पूर्वीधार मौलीबारीतर्फ नगरपालिका कार्यालयमार्फत स्काभेटर लगाएर नदीको बहाव सिधा पार्ने प्रयत्न भइरहेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला, इन्जिनियर कृष्ण कोइराला, सव इन्जिनियर दीपक आचार्य सहितको प्राविधिक टोलीले समेत कटान अनुगमन् गरी तत्काल रोकथामको उपाय अघि सारेको छ । वडा नम्वर ५ का अध्यक्ष जोगबहादुर धिमाल, ६ का अध्यक्ष जयबहादुर तामाङ सहित सदस्यहरु सो क्षेत्रमा खटिनुभएको छ ।


उपप्रमुख वास्तोलाका साथै कार्यपालिका सदस्य मैनादेवी आचार्य र अनोज घिमिरे सहितले अविरल वर्षाका कारण डाँसखोलामा आएको बाढीले वडा नम्वर १० को डाँसखोला पुल क्षेत्र र जिरिखिम्तीको देवीथान पूर्व उत्तरमा वस्तीतर्फ भएको कटानको अवलोकन गरेको छ । मोरङ्गी खोलाले जिरिखिम्ती टोलको पुछार तथा त्यसभन्दा उत्तरमा भएको कटानको अवलोकन भएको छ ।

सम्बन्धित खवर