आफै निर्वाचित क्षेत्रमा उपेन्द्र यादवको पुत्ला जलाइयो - Crazysaptahik.com

आफै निर्वाचित क्षेत्रमा उपेन्द्र यादवको पुत्ला जलाइयो


क्रेजी साप्ताहिक
पथरी । सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो ।

बाढीका कारण दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान समेत गएको छ तर मन्त्री यादव हालसम्म सप्तरी पुगेको छैनन् । सप्तरीको सबैभन्दा प्रभावित क्षेत्र तिलाठीमा मन्त्री यादवको पुत्ला जलाएको हो । मन्त्री यादवले सप्तरीबाट चुनाव जितेका थिए । डुवानपछि न उनी आफ्नो क्षेत्रमा गएका छन् न कुनै राहतको व्यवस्था गरेका छन, त्यसैको आक्रोशमा त्यहाँका जनताले उनको पुतला जलाएको स्थानीय युवा राजेश सिंहले बताए । त्यस्तै अर्का बाढी पीडित अमिर कामैतले भने, ‘भोट लिने बेलामा हामी जनता चाहिन्छ, अहिले हामी पीडामा हुँदा खबर लिन नआएको कारण दुख लागेको छ ।’ पीडितहरुले डुवान परेको बेला राहत तथा उद्धारका लागि आफ्नो क्षेत्रमा आउनुको साटो मन्त्री यादव विदेश घुम्न जाने गरेको आरोप लगाएका छन् ।

सम्बन्धित खवर