क्रेजी साप्ताहिक
एजेन्सी । युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले बताएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ ।
दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले जानकारी दिए । उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । यसै महिनाको शुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए ।