अग्नीपिडीत गुप्तालाई उपप्रमुखको राहत - Crazysaptahik.com

अग्नीपिडीत गुप्तालाई उपप्रमुखको राहत


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ८ मंगलबारेका व्यवसायी कैलास गुप्ताको पसल समेत रहेको घरमा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले व्यक्तिगततर्फबाट नगद सहयोग गरेकी छिन् ।

उपप्रमुख वास्तोलाले आफ्नो भत्ता वापतको रकमबाट ५ हजार रुपैयाँ अग्नीपिडत गुप्तालाई प्रदान गरेकी हुन् । बुधवार रातीको आगलागीबाट ५ कोठे पक्की घरका सम्पूर्ण सरसामान, पसका सामान, लत्ताकपडा, भाडावर्तन, खाध्यान्नसमेत जलेर नष्ट भएको थियो । आगलागीमा परेर २ वटा मोटरसाइकल समेत जलेका छन् ।

सम्बन्धित खवर