उपप्रमुख सहित नेकपा पक्षधरहरुले गरे लेटाङको नगरसभा वहिस्कार - Crazysaptahik.com

उपप्रमुख सहित नेकपा पक्षधरहरुले गरे लेटाङको नगरसभा वहिस्कार


क्रेजी साप्ताहिक
पथरी । नगर प्रमुखले मनोमानी गरेको भन्दै नगर उपप्रमुख सहितका नेपाल कम्यूनिष्ट पार्टी पक्षधर जनप्रतिनिधिहरुले मोरङको लेटाङ नगरपालिकाको नगरसभा वहिस्कार गरेका छन् ।

नगर प्रमुख शंकर राईले उपप्रमुख कृष्णकुमारी निरौलासँग कुनै समन्वय नै नगरी एकलौटी रुपमा मनोमानी तरिकाले बजेट वाँढफाँड गरेको भन्दै नगरका नेकपा पक्षधर जनप्रतिनिधिहरुले मंगलबार पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनका बोल्दै नगर उपप्रमुख निरौलाले आफूले पटक पटक नगर प्रमुख राईसँग छलफलका लागि समय माग गर्दा पनि समय नदिएर एकलौटी रुपमा बजेटको योजना बनाएपछि वाध्य भएर नगरसभा वहिस्कार गर्नुपरेको जनाए । उनले प्रेस विज्ञप्ति प्रस्तुत गर्दै उपप्रमुखलाई कानूनले तोकेको योजना अनुगमन् समितिको संयोजकको जिम्मेवारी नदिएर प्रमुखले नै राखेको, राजस्व परापर्श समिति संयोजक रहने उपप्रमुखलाई जानकारी नै नदिने गरेको उल्लेख गरे ।

साथै उनले अवण्डा शीर्षकमा ठूलो मात्रामा रकम राखी आफ्ना निकटकालाई प्रदान गर्ने गरेको, खोलाजन्य वस्तुको एकलौटी सहमति दिई तोकेभन्दा बढी मात्रामा उत्खनन गर्न लगाएको, बाटो सहितका निर्माण सामग्री खरिदमा सूचना सार्वजनिक नगरी गोप्य रुपमा काम गर्ने गरेको भन्दै नगर प्रमुख राईमाथि प्रश्न उठाउनु भयो । मेरो सुविधा कटाइदेउ फुसको छानो हटाईदेउ भन्ने नारा लगाएर गाडी खरिद गर्न पुग्ने रकम बराबर गाडीभाडा खर्च गरेर आफ्ना कुनै सुविधा पनि कटौती नगरी सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण नारा बनाएर नगर प्रमुखले भ्रम सिर्जना गरेको समेत टिप्पणी गरिएको छ ।

कूल ५० जना जनप्रतिनिधि मध्ये उपप्रमुख निरौला सहित नेकपा पक्षधर २२ जना जनप्रतिनिधिले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । उता, नगर प्रमुख राईको अध्यक्षतामा सम्पन्न नगरसभाले मंगलबार ५० करोड ८६ लाख ५७ हजार रुपैयाँको बजेट पास गरेको छ ।

सम्बन्धित खवर