सटर फोडेर मोवाईल पसल चोरी - Crazysaptahik.com

सटर फोडेर मोवाईल पसल चोरी


क्रेजी साप्ताहिक
पथरी । विराटनगरको ब्यस्त बजारकै महेन्द्र चोकस्थित हिमालय हल अगाडी रहेको एक मोवाईल पसलमा चोरी भएको छ । ओप्पो तथा जीओनी कम्पनीका मोवाईलको आधिकारिक बिक्रेता रहेको सनराईज ईन्टरप्राईजेजमा आज मध्यराती पसलको सडक फोडेर चोरी भएको हो ।

विराटनगरको ट्राफिक चौकबाट करिब २ सय मिटरको दूरीमा रहेको सनराईज ईन्टरप्राईजेज प्रालिमा चोरी भएको मोरङ प्रहरीले जनाएको छ ।
उनले पसलबाट करिव १२ लाख रूपैयाँ बराबरको मोबाइल तथा ल्यापटप चोरी भएको जानकारी दिए । उनका अनुसार, ल्यापटप २ थान, ट्याब २ थान, मोबाइल ४१ थान, पावर ब्यांक १० थान, ब्लुटुथ डिभाईस ५ थान, मोबाइल कभर २ सय थान र नगद ४० हजार रूपैयाँ समेत चोरी भएको सञ्चालक राईले जानकारी दिए । चोरी भएको स्थानबाट महेन्द्र चोकमा प्रहरी डिउटीमा खटिएका हुन्छन् । हिजोसाँझ करिब ९ बजेको समयमा पसल बन्द गरेर निस्किएकोमा राती कतिबेला कसले चोरी गर्यो भन्ने आफुलाई थाहा नभएको सञ्चालक राईले बताए ।

चोरीका क्रममा फोडिएको सटरमाथिको सिसिटिभी क्यामराको तार समेत काटिएको छ । सञ्चालक राईले गएराति ९ बजे पसल बन्द गरेर घर फर्किएको बताए । घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

सम्बन्धित खवर