करेन्ट लागेर दुईको मृत्यु - Crazysaptahik.com

करेन्ट लागेर दुईको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । मोरङको सुन्दरहरैचा नगरपालिका ५ मा रहेको जनता गृल उद्योगमा कार्यरत एक श्रमिकको आज करेन्ट लागेर ज्यान गएको छ । भोजपुर देउरालीका २० बर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको होडिङ्बोर्ड मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भएका उनको उपचारको लागि विराट नर्सीङ अस्पताल विराटनगर पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका ८ का १९ बर्षीय अजय मेहेताको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर घाईते भएका मेहेताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर