धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते - Crazysaptahik.com

धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते


क्रेजी साप्ताहिक
पथरी । सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला स्थित धनगढीमा शक्तिशाली बम विष्फोट भएको छ । हिजो (बिहीबार) बेलुका धनगढी स्थित शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो ।

विस्फोटमा परि घाइतेहुने हरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा पेस्तोल समेत फेला परेको छ । घट्नाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरिले जनाएको छ ।

सम्बन्धित खवर