मोरङबाट भारत लैजाँदै गरेका ११ जनाको उद्दार, ३ जना पक्राउ - Crazysaptahik.com

मोरङबाट भारत लैजाँदै गरेका ११ जनाको उद्दार, ३ जना पक्राउ

क्रेजी साप्ताहिक
पथरी ।रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनालाइ उद्धार गरिएको छ । उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका बस्ने ४० वर्षीय हफिज अन्सारीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका–४ बस्ने करन लिम्बुसहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर