इटहरीमा मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइयो - Crazysaptahik.com

इटहरीमा मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइयो


क्रेजी साप्ताहिक
पथरी । संघियाता र समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै सुनसरीको इटहरीमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइएको छ । आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय परिषदले मैनाली र पण्डितको पुत्ला जलाइएको हो ।

लोक सेवा आयोगले यस अघि निकालेको विज्ञापनमा आरक्षण हटाएको भन्दै आन्दोलित बनेका आदिवासीहरुले इटहरी मुख्य चौकमा विरोध जुलुस सहित पुत्ला जलाएका हुन् । पुत्ला सहित अघि बढेको आदिवासीहरुको जुलुसबाट प्रहरीले पुत्ला खोस्न खोजेपनि उनीहरुले झुक्याएर पुत्ला दहन गरेका थिए । पुत्ला दहन कार्यक्रममा प्रहरीले लामो संघषपछि पुत्ला खोसेर निभाएको थियो । पुत्ला दहनपछि आयोजित कोणसभामा आदिवासी जनजाति महासंघ आवद्ध अगुवाहरुले आफुहरुलाई विभेद गरिए आन्दोलनको आँधिबेरी ल्याउने चेतावनी समेत दिए

सम्बन्धित खवर