क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–८ मा अवस्थित मंगलबारेका आगलागि पीडित व्यापारी वैद्यनाथ प्रसाद गुप्तालाई पथरी उद्योग बाणिज्य संघले राहत वितरण गरेको छ ।
शुक्रबार उद्योग बाणिज्य संघको टोली गुप्ताको निवासमै पुगी ५१ हजार नगद सहित एउटा फ्रिज, १० कार्टुन कोक÷स्प्राइट र खाने तेल एक कार्टुन वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत, उपाध्यक्ष यादवचन्द्र दुलाल, महासचिव अशोक साम्पाङ, उद्योग सचिव दिनेश पौडेल (टिकेन्द्र), वाणिज्य सचिव खेमनाथ ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।
गुप्ताको घरमा असार २५ गते राति २ बजे आगलागि भएको थियो । आगलागीबाट ८० लाख बढीको क्षति भएको थियो । आगलागि कसरी भयो भन्ने अहिलेसम्म पनि रहस्य सार्वजानिक भएको छैन । आगलागीमा २ वटा मोटरसाईकल जलेर खरानी भएको थियो । व्यापारी साहको घरमा ग्याँसको डिलर, पेट्रोल डिजेल समेतको व्यापार गर्ने गरेको थियोे ।
भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=P6Z6Bs3KHwg&t=30s