छवि ओझाकी जेठी पत्नीले दिइन् बहुबिबाहको उजुरी - Crazysaptahik.com

छवि ओझाकी जेठी पत्नीले दिइन् बहुबिबाहको उजुरी


क्रेजी साप्ताहिक
पथरी । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । अहिले निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो ।

प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको बैबाहिक सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिएँ । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।

तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमानले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

यसैविच, डीएसपी प्रदिप बहादुर सिंहले उजुरी लिएर हेमा गौशला प्रहरी वृत्तमा आएको भएपनि दर्ता भने भैनसकेको बताए । उनले भने–‘हामी यसलाई पुष्टी गर्दैछौ । आवश्यक परे दर्ता हुन्छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.