क्रेजी साप्ताहिक
पथरी । नेपाल तरुण दल पथरीशनिश्चरे नगर कार्यसमिति र क्षेत्रीय सचिव पर्शु गुरुङको संयोजनमा विपन्न दुई परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
आइतबार पथरीशनिश्चरे वडा नं. ४ का प्रेम अधिकारी र वडा नं. २ का मनोज विश्वकर्माको परिवारलाई खाद्यान्न वितरण गरिएको हो । वडा नं. ४ का अधिकारीको परिवारलाई ५ बोरा चामल, एक बोरा भुजा, एक काटुन साबुन, एक काटुन खाने तेल, १० केजी दाल, एक दर्जन कापी, एक दर्जन डटपेन, एक दर्जन इरेजर र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । यस्तै वडा नं. २ का विश्वकर्माको परिवारलाई भने नगद ४ बोरा चामल, एक बोरा भुजा, एक काटुन तेल र १० केजी दाल वितरण गरिएको थियो ।
सो खाद्यान्न वितरण कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति गणेश खड्का, क्षेत्रीय सदस्य विक्रम लिम्बु, महाधिवेशन प्रतिनिधि नगेन्द्र लिम्बु लगायतको उपस्थिति रहेको तरुण दल पथरीशनिश्चरेका सभापति सन्तोष कटुवालले जानकारी दिनुभयो ।