क्रेजी साप्ताहिक
पथरी । विभिन्न अभिब्यक्तिका कारण बेलाबेला विवादमा आइरहने इटहरीका मेयर द्धारीकलाल चौधरी पुन विवादमा आएका छन् । काँही फिट नभएपछि पत्रकार बनेको र ठुला मिडियाले ईटहरीमा स्तरहीन पत्रकारलाई संवाददाता बनाएको भन्दै ईटहरीका मेयर द्धारिकलाल चौधरीले तल्लो स्तरको गाली गर्दै अपमान गरेका हुन् ।
एक युटयुब च्यानलसँगको अन्र्तवार्तामा उनले यस्तो निच शब्द प्रयोग गरेका हुन । ईटहरीमा सबै स्तरहिन पत्रकार रहेको भन्दै उनले सिंगो पत्रकारिता जगतकै अपमान गरेका छन । उनले अन्तरबार्तामा ईटहरीका दुई पत्रकारको नाम नै लिएर लुटधन्दा चलाएको समेत आरोप लगाए । यसअघि पनि पटक पटक पत्रकार र पत्रकारिताको धज्जी उडाउँदै आएका मेयरले फेरी सिंगो पत्रकारिता जगतलाई नै बदनाम गर्ने गरी अन्तरबार्ता दिएका छन । उनको यो अभिब्यत्तिका बिषयमा नेपाल पत्रकार महासंघ लगायत अन्य पत्रकार संघसंगठन बोल्छन या बोल्दैनन त्यो भने हेर्न बाँकी नै छ ।