जुवाको खालबाट ६ जुवाडे पक्राउ - Crazysaptahik.com

जुवाको खालबाट ६ जुवाडे पक्राउ

क्रेजी साप्ताहिक
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ३५ हजार ८ सय ८० रुपैँया र १ सय ६२ पत्ता तास सहित ६ जना जुवाडेलाई बुधबार पक्राउ गरेको छ ।

जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले इटहरी–२ हलगडास्थित सुयोदय होटलमा जुवा खेलिरहेको अवस्थामा तिनलाई प्रकाउ गरेको हो ।

प्रहरीका अनुसार इटहरी नेकपा नगर सदस्य मुकुन्द काफ्ले सहित डोमी चौधरी, बिदुर मिश्र, झलक बहादुर कार्की, अनिल तामाङ र गोपाल निरौलालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बुद्दी चौलागाँईले जानकारी दिएका छन् ।

सम्बन्धित खवर