इन्जिनियर अरुण क्षेत्रीको प्रतिवेदन अख्तियारमा, अख्तियार मौन - Crazysaptahik.com

इन्जिनियर अरुण क्षेत्रीको प्रतिवेदन अख्तियारमा, अख्तियार मौन


पथरी । पथरीशनिश्चरे नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री (घिमिरे) लाई लागेको आरोप प्रति सत्यतथ्य छानविन समिती गठन भएको ७ महिना बित्दापनि छानविन समितिको प्रतिबेदन सार्वजनिक भएको छैन । आर्किटेक इन्जिनियर क्षेत्री बिरुद्ध २०७५ मंसिर २५ गते सेवाग्राहिले काममा ढिलाई, सेवाग्राहीको घरनक्सा पासको धरैती फिर्ता गर्न आलटाल र विभिन्न कन्सल्टेन्सी मार्फतको काममा ठिलासुस्ती गरेको भन्दै पत्रकार संमेलन गरेका थिए । इन्जिनियर क्षेत्रिले कार्यालयमा आफ्ना कर्मचारी राख्दै सेवाग्राही र कन्सल्टेन्सीलाई दुख दिएको भन्दै छानबिन गरि कारवाहिगरि पाउँ भनि हस्ताक्षर सहित नगर प्रमुखलाई उजुरी नै गरेका थिए ।

बिबादित बनेका क्षेत्रिको विषयमा नगरले तत्कालै छानविन समिती बनाई एक हप्तामा प्रतिबेदन पेस गर्न निदेशन दिएको थियो । नगर प्रबक्ता तथा वडा नं. २ का वडाध्यक्ष यमप्रसाद गुरागाई, १ का वडाध्यक्ष बाबुराम एङदेन, ४ का वडाध्यक्ष गोबिन्द भण्डारी र ८ का वडाध्यक्ष बाबुराम दाहाल सहितको समितीले समय नपुगेको भन्दै ३ पटक समय थप गरि माघ १७ गते नगर प्रमुख दिलिप कुमार राईलाई प्रतिबेदन बुझाएको नगर प्रबक्ता यमप्रसाद गुरागाईले बताए ।

समितीले म्याद थप्दै बुझाएको प्रतिबेदन सार्वजनिक नगरी आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेलाई नगरले जोगाउर्दै आएको छ । स्थानिय संचार माध्यममा पटक पटक क्षेत्रिको बिषयमा समाचार आए पनि छानबिन समिती बनाउने अनि प्रतिबेदन थन्काएर नगरले जनताको आँखामा छारो हाल्न खोजेको ७ महिना सम्म नखोलिएको प्रतिबेदनले सार्वजनिक गर्छ । छानबिन समिती बने पनि आर्किटेक इन्जिनियर क्षेत्रीले प्रतिबेदन नबुझाए सम्म नगरको काम गरिरहे । आर्किटेक इन्जिनियरको गतिविधिलाई छानविन गर्ने हो भने इन्जिनियरको कार्यकक्षमा भएको सिसिटिभिको फुटेज, कुन घर कुन इन्जिनियरले नक्सा कोरेको, उनि नियुक्ती भएपछिका कुन कन्सल्टेन्सीद्धारा सिफारिस भएको र हाल १ नम्वर वडामा निर्माण भएका घरहरु मापदण्ड अनुरुप छ÷छैन भन्ने कुराले प्रस्ट दर्साउछ ।

नगरको आर्किटेक इन्जिनियर भएर इन्जिनियर क्षेत्रिले अफिस नै राखेर कन्सल्टेन्सी संचालन गरेको र त्यस पछि झोलामा काम गर्ने गरेको पत्रकार सम्मेलनमा आरोप लागेको थियो । जतिखेर इन्जिनियर क्षेत्रिले महिनाको ढेड लाख सम्म आर्जन गर्ने उनकै कन्सल्टेन्सीमा महिनावारी तलब खाएर काम गर्ने विजय धिमालले बताएका थिए । “ढिलो मात्र भएको हो, उति खेरपनि सेवा ग्राहीमा उतिकै समस्या आएको थियो” धिमाल बताउँछन् ।

क्षेत्रिको विषयमा प्रतिबेदन आएको र उक्त प्रतिबेदन अख्तियारले माग गरेपछि अख्तियारलाई पठाएको हालका नगरपालिकाका प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमलाले बताए । धमलाले भने अख्तियारमा परे पछि अख्तियारले जे गर्छ नगरको निर्णय त्यहि हुने बताए । उक्त समयका नगरपालिकाका प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले छानविन समितिले ल्याएको निर्णय नै अन्तिम हुने बताउर्दै आएका थिए । नगरको कर्मचारी गलत भए कार्यबाही गरिने छ । यदि कन्सलटेन्सीहरु गलत भए कालो सुचिमा राखिने समेत उनले बताएका थिए । यता पिडित कन्सल्टेन्सीहरुले नगरपालिकामा प्रमुख दिलिपकुमार राई र न्यायिक समितीमा उप–प्रमुख यमुना बिष्ट बास्तोलालाई समेत निबेदन दिएका थिए । सो विषयमा छानविन समितीले ल्याएको प्रतिबेदनले केहि नबोलेको र पत्रकार सम्मेलनमा बोल्ने पीडित सेवाग्राहीलाई ल्याउन कन्सल्टेन्सीलाई भन्दा नआएकाले प्रतिबेदन सार्वजनिक गर्नुको औचित्य नरहेको नगर प्रमुख दिलिप कुमार राईले बताए । नगर प्रमुख राईले भने उक्त विषयमा अख्तियारको समेत चासो रहेको र प्रतिबेदन बुझेपछि अख्तियार मौन बसेकाले केहि निर्णय अघि नबढेको बताए ।

क्षेत्रिको कार्यशैली बिरुद्ध नगरका सबै कर्मचारीले पेन डाउन समेत गरेका थिए । एल जि सि डी मार्फत पथरीशनिश्चरे नगरमा जागिर खाएका क्षेत्रिको कार्यअवधी सकिए पछि नगरले जागिर नथपेपछि जागिर छोड्नु परेको थियो । जनप्रतिनिधी आए पछि उनि पुर्ण जागिरमा आए तर उनको कार्यसैली ठिक नभएको भन्दै कन्सलटेन्सीहरुले प्रसासनीक कार्यकारी अधिकृत पुरुशोतम घिमिरे र प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमलाई दुई पटक नगरमा निबेदन दिइसकेका छन । तर नगर भने उक्त विषयमा आधिकारीक प्रमाणहरु नभएको भन्दै पन्छीने गरेको छ । जस्ले गर्दा आरोप लागेका क्षेत्रि दोसि हुन वा निर्दोश हुन सफाई भएको छैन् ।

सम्बन्धित खवर