तनावग्रस्त रानी, २२ वटा मालबहाक सवारी साधन भए तोडफोड - Crazysaptahik.com

तनावग्रस्त रानी, २२ वटा मालबहाक सवारी साधन भए तोडफोड


क्रेजी साप्ताहिक
पथरी । लहरीमा मोटरसाइकल ठोक्किएर विराटनगर–१५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएपश्चात विराटनगर महानगरपालिका–१५ रानी क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको हो । बिरोधमा उत्रिएका स्थानियहरूले दुर्घटना गराउने लहरीसहित २२ वटा मालबहाक सवारी साधनमा तोडफोड गर्नुका साथै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । भारतबाट औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ (इन्धन) लोड गरेर आएका गाडी र ट्यांकरहरु तोडफोड गरिएका हुन् । तोडफोड गरिएका सवारी साधन मध्ये ८ नेपाली र १४ वटा भारतीय रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताएका छन् ।

प्रहरीका अनुसार औद्योगिक कच्चा पदार्थ बोकेका एनएल डब्लुबी ३७ सी ०८८६, एनएल ०१ के २३४४, एनएल ०१ के २३४६, पीबी ११ सीजे १७६१, एनएल ०१ जी ४०११, एनएल ०२ के ४९८६, एनएल ०१ के ३६००, एनएल ०१ एल २२८०, ०१ डी १९४९, एनएल ०१ के १६९४, डब्लुबी ०३ सिजी ९५६६, यूपी ३२ डी एन ९१०६ र यूपी ३२ डी एन ९१०१ नम्बरका गाडी तोडफोड भएका छन् । त्यस्तै पेट्रोलियम पदार्थ लोड गरिएका ना ३ ख ४७११, ना ३ ख ८८००, को १ ख ५९०१, ना ४ ख ०४०२, ना ४ ख २८२०, ना ४ ख ७४३४, को १ ख ५९०४, ना ४ ख ९११० नम्बरका ट्यांकरमा समेत तोडफोडबाट क्षति पुगेको जनाएको छ ।

सम्बन्धित खवर