बालिका बलात्कार अभियोगमा युवक पक्राउ - Crazysaptahik.com

बालिका बलात्कार अभियोगमा युवक पक्राउ


क्रेजी साप्ताहिक
पथरी । बालिका बलात्कार गरेको अभियोगमा धरान ६ का एक युवक पक्राउ परेका छन् । धरान १७ की एक बालिकालाई ललाइफकाई बलात्कार गरेको अभियोगमा धरान ६ का २१ बर्षीय युवराज कार्कीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

असार २९ गते बलात्कार गरेका कार्कीलाई पीडितकी ठूली आमाले साउन ४ गते जाहेरी दिएपश्चात प्रहरीले उनलाई साउन ९ गते प्रक्राउ गरेको थियो । प्रक्राउ परेका कार्कीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

सम्बन्धित खवर