बाढीले डाँस खोलाको पुलतर्फ कटान वढाउँदै - Crazysaptahik.com

बाढीले डाँस खोलाको पुलतर्फ कटान वढाउँदै

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–१० स्थित डाँस खोलामा आएको बाढीलेजिरिखिम्तीमा पर्ने डाँस खोलाको पुलतर्फ कटान बढाउदा पुलमानै क्षति पुग्ने सम्भावना वढेको छ । लगातारको वर्षाका कारण आइरहेकोे बाढीले पुलको पूर्वतर्फको उत्तरी भागमा लगातार कटान गरेर पुलमाथि नै संकट सिर्जना गरेको १० नम्वर वडा सदस्य अनोज घिमिरेले वताए ।

खोलाले लगातार पूर्वपश्चिम मुख्यसडकको सो पुलतर्फ कटान बढाएर मलामी जाने बाटो समेत भत्काएपछि नगरपालिका कार्यालयले स्काभेटर लगाएर खोलाको धार परिवर्तनको प्रयत्न गरिरहेको छ । बाढीले पुलको सोही भागमा केही क्षति पुर्याएपछि गत वर्ष सडक विभागले तारजाली स्पर लगाएको थियो । तर सो स्पर पनि दिर्घकालिन नवनाइदा वाढीले भत्काउन सुरु गरेको छ । स्परभन्दा उत्तरमा कटान गरी खोलाले पुल र सडकमै ठूलो क्षति पुर्याउन लागेपछि स्थानीय त्रसित बनेका छन् । डाँसखोलाले त्यसभन्दा दक्षिणमा खेत कटान गरेको छ । जिरिखिम्ती पुछारमा समेत मोरङ्गी खोलाले कटान गरिरहेको छ । ती क्षेत्रमा नगरपालिकाले स्काभेटर लगाएर तत्काल कटान कम गराउन प्रयत्न गरिरहेको छ ।
वक्राहा नदीले पनि नगर क्षेत्रमा कटानको समस्या ल्याएको छ ।

सम्बन्धित खवर