झापामा एउटै घरमा भेटिए २७ वटा गोमन सर्प - Crazysaptahik.com

झापामा एउटै घरमा भेटिए २७ वटा गोमन सर्प


क्रेजी सप्ताहिक
पथरी । झापाको एउटा घरमा २७ वटा सर्प फेला परेका छन् । गौरादह नगरपालिका वडा नं. ५ स्थित चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा माउ सर्पसहित २७ वटा गोमन सर्प भेटिएका थिए ।

धेरैजसो सर्पका बच्चा रहेका थिए । एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प भएको आशङ्कामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएका हुन । त्यति धेरै सर्प भेटिए पछि परिवारको होसहवास नै उडेको थियो । शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका थिए । उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मारेर गाडिएको छ । त्यसरी अकल्पनीय रूपमा सर्पहरू भेटिए पछि स्थानीयहरू पनि डराएका थिए । सर्पको डरले रातभर निन्द्रा नलागेको उनिहरूले बताए ।

सम्बन्धित खवर