नेपा टि प्रा.लिका ८० भन्दा बढी स्वादका चिया बजारमा - Crazysaptahik.com

नेपा टि प्रा.लिका ८० भन्दा बढी स्वादका चिया बजारमा


क्रेजी साप्ताहिक
पथरी । “टेष्ट द बेस्ट” भन्ने मुल नाराका सहित नेपा टि प्रा.लिले अन्तराष्ट्रिय स्तरका ८० भन्दा बढी स्वादका चिया नेपाली बजारमा ल्याएको छ ।
नेपाली बजारमा नपाइने फलफुलका चियाहरु, सुगर र प्रेसरका रोगीहरुका लागि समेत लाभदायक मानिएको अर्गानीक चिया लगायत बिभिन्न ८० प्रकारका चियाहरु पिउन पाइने नेपा टि प्रा.लि का सञ्चालक आशिष गिरीले जानकारी दिए ।

नेपाली कच्चा पदार्थहरुलाई प्रयोग गरेर बनाइने ति ८० प्रकारका चियाहरु न्युनतम रु २० देखि अधिकतम रु २ सय सम्ममा पिउन सकिने छ । नेपा टी सपमा १८ प्रकारका कालो चिया, १५ प्रकारका दुध चिया, १३ प्रकारका फू्रट टि, १५ प्रकारका नेपा आइसीइडी टी र अर्गानीक चिया पिउन पाइने गिरीले बताए । अस्ट्रेलिया पुगेर फर्किएका गिरी सहित शिव पौडेल, रोहित थापा, सागर अधिकारी, मुरसीत अन्सरी र विवेक खडका सहितका ६ युवाहरुले नेपालमा नयाँ कन्सेप्ट सहितको टि सप सञ्चालन गरेका हुन् । नेपा टि प्रा.लिद्धारा चावहिल भत्केको पुल, कोटेश्वर र पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको अगाडि रहेको पिपल कम्प्लेक्स गरी तिन स्थानमा नेपाल टि सप सञ्चालित छन । ५० लाख भन्दा बढी लगानी गरी काठमाण्डौका ३ स्थानमा सञ्चालन गरिएका टि सप मार्फत १२ जनाले रोजगारी समेत पाएका छन् । बुक, म्युजीक एण्ड टि भन्ने अभिप्राय सहित सञ्चालन भइरहेका नेपा टि सप भित्रै पुस्तकालय र म्युजिक समेत उपलव्ध छन् । नेपा टि भित्र छिरेर ग्राहकहरुले चिया अर्डर गरेपछि विभिन्न प्रकारका पुस्तकहरु समेत निशुल्क रुपमा अध्ययन गर्न सक्ने छन् ।

त्यती मात्र हैन् नेपालमानै पहिलो पटक नेपा टि सपले पसलमा पुगेर चिया पिउन नभ्याउने ग्राहकहरुका निम्ति होम डेलभिरीको समेत व्यवस्था रहेको छ । सञ्चालक गिरीका अनुसार होम डेलीभरीका लागि पहिला नेपा टी को सदस्यता बन्नुपर्ने हुन्छ, सुरुमा सदस्यताका लागि कुनै शुल्क तिर्नुपर्ने छैन् । ग्राहक बनेपछि ग्राहकहरुले “नेपा टि टेष्ट द बेस्ट” फेसबुक पेजमा एड भएर तथा टेलिफोन मार्फत बिभिन्न प्रकारका चियाहरु अर्डर गर्न सक्नेछन् । मिनु हेरेर ग्राहकले कुनै पनि प्रकारका चिया न्युनतम ५ कप चिया भने अर्डर गर्नुपर्ने छ । अर्डर भएपछि मिनु अनुसारको बिल सहित रेष्टुरेन्टले निशुल्क होम डेलिभरी गरिदिने छ । ग्राहकले चियाको साथै केक तथा बेकरीका आइटम समेत अर्डर गर्न सक्ने छन् । छोटो अवधिमानै नेपालमा सञ्चालित टि र कफि सप भन्दा पृथक पहिचान राख्नका सफल नेपा टि सप ले अव चाँडै काठमाण्डौं उपत्यकाका अन्य स्थान सहित उपत्यका बाहिरका शहरहरुमा समेत टि सप सञ्चालन गर्ने सोच बनाएको बताइएको छ ।

सम्बन्धित खवर