कानेपोखरीमा भरुवा बन्दुक सहित २ पक्राउ - Crazysaptahik.com

कानेपोखरीमा भरुवा बन्दुक सहित २ पक्राउ

क्रेजी साप्ताहिक
कानेपोखरी । कानेपोखरी गाउँपालिका ७ मा अवस्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ उक्त ठाउंमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका ५ जहदा बस्ने बर्ष २६ को धनकेशर राई र उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष ४४ को शम्भु गहतराजलाई फेला पारी चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लोड गरेर राखेको अवस्थामा २ नाल भरुवा बन्दुक फेला पारेको थियो ।

हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर