दुबै मृगौला पीडितका लागि सहयोगको अपिल - Crazysaptahik.com

दुबै मृगौला पीडितका लागि सहयोगको अपिल

क्रेजी साप्ताहिक 
पथरी । अट्टो सञ्चालन गरेर जिविकागुजारा गर्दै आएका पथरीशनिश्चरे–७ का सोमबहादुर धिमालले सहयोगको याचना गरेका छन् । पथरी शनिश्चरे ७ कल्याण चोक निवासी ५९ वर्षीय धिमालको दुबै मृगौला फेल भएपछि अहिले आर्थिक सहयोग उठाउन थालिएको हो ।

पथरी शनिश्चरे नगरपालिका ७ नम्बर वडा कार्यालयको सहयोगको पत्र लिएर गाउँघर, बजारमा सहयोग संकलन गरिरहेको बुहारी रुकमाया धिमालले बताइन् । उनले कीर्तिपुर बजार, हसन्दह बजार, अमरदहरबजार, भातेगौडाबजारबाट हाल २३ हजार सहयोग उठेको जनाइन् । नगरपालिकाले १५ हजार सहयोग गरेको छ । धिमाल जातीय विकास केन्द्र कीर्तिपुर धिमाल टोल समितिका अध्यक्ष मनिश धिमालको अगुवाईमा सहयोग संकलन जारी छ । गत फागुनदेखि नोवेल अस्पताल विराटनगरमा उपचाररत धिमालको साता अघिदेखि टिचिङ अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

वडा कार्यालयले मृगौला पीडित धिमालको दुबै मृगौला फेल भएको, डायलेसिस गर्दै आएको, आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न अपिल गरेको छ । पीडितका भाइ धन धिमालले सोमबहादुरको उपचारमा करिब ६ लाख खर्च भइसकेको, थप उपचारमा समस्या भएकाले सहयोग गर्न अनुरोध गरेका छन् । एक श्रीमती, ७ वर्षीया छोरी र ५ वर्षीया छोरीलाई पीडित धिमालले अट्टो सञ्चालन गरेर जीवन निर्वाह गरिरहेका थिए ।

सम्बन्धित खवर