बिपन्न बर्गलाई इजरायलबाट सहयोग - Crazysaptahik.com

बिपन्न बर्गलाई इजरायलबाट सहयोग


क्रेजी साप्ताहिक
पथरी । बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत पथरीशनिश्चरेकी चेली नुमा काङवा बखिम र माया इम्सोङले बिपन्न बर्गको ४ परिवारलाई आर्थिक सहयोग गरेका छन । मोरङको पथरी शनिश्चरे नगरपालिकाका भित्रका आर्थिक अवस्थाले समस्यामा रहेका ४ वटा परिवारलाई किरात याक्थुङ चुम्लुङ इजरायल मार्फत उनिहरुले सहयोग गरेका हुन ।

आर्थिक अवस्था कम्जोर भएकी पथरीशनिश्चरे १० की श्रीमान गुमाएकी कल्पना धिमाल र पथरीशनिश्चरे ५ की विमला दर्जीलाई छोरा छोरीको पढाई खर्च, पथरीशनिश्चरे १० का खोलाको किनारामा बस्दै आएका विष्णु माया राईको परिवार र पथरीशनिश्चरे १ का दिर्घ रोगि दल वहादुर गुरुङको परिवारलाई ३० हजार ७ सय ५० रुपैयाका दरले सहयोग बितरण गरेको हो । नेपालीहरुको संस्था किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोगमा काङवा र इम्सोङले १ लाख २५ हजार रुपैया सहयोग प्रदान गरेका हुन् । काङवाको परिवारले सोमवार एक कार्यक्रमको आयोजना गरि उक्त रकम हस्तान्तरण गरेका हुन । विदेशी भुमीमा रहेर प्रकृतीक विपतीका बेला र दिर्घरोगवाट थलिएका नेपालीहरुलाई नुमाले सहयोग गर्दै आएकी छन ।

सहयोग रकम अभियानकर्ता (नुमा काङवा बखिम) की आमा इन्द« कुमारी लिम्वु, शिक्षा अभियान्ता प्रदिप कुमार राई, हिरक निम्नमाध्यमीक विद्यायलयका प्रअ राम ढकाल, युवा व्यावसायी भुवन थापाले सो रकम प्रदान गरेका हुन ।

सम्बन्धित खवर