एभरेष्टमा सृजना चौतारीको ११ औँ श्रृङ्खला - Crazysaptahik.com

एभरेष्टमा सृजना चौतारीको ११ औँ श्रृङ्खला


भूमिप्रसाद पाठक
मोरङको पथरीशनिश्चरे–१ को एभरेष्ट मा.विको सभाहलमा सृजना चौतारीको ११ औँ श्रृङ्खला ‘हाम्रो अभियान स्रष्टा र सृजनाको सम्मान’ मूल नाराका साथ एकल गजलवाचन तथा गायन सम्पन्न भएको छ । आफ्ना गजल वाचन गर्दै ‘विवश’ बलिभद्र कोइरालाको गजल सुनाए ।

‘आफ्नो छोडेर चिन्ता जो गर्छ देशका लागि
सुरु उही हो सुयोग्य सन्तान जो गर्छ देशका लागि’

सुरुवात गरेका कोइराला प्रथम वसाइमा साहित्य अनुरागीलाई मन्त्रमुग्ध गर्न भ्याए । उनका गजलमा गजलप्रेमीहरुले ताली बजाएर साथ दिए । गजल संगै गायक तथा सङ्गीतकार अनिल फागोले सुरुमै भक्तराज आचार्यको स्वर रहेको ‘जहाँ छन्, बुद्धका आँखा’ भन्ने गीतबाट गायन सुरुवात गरे । दिनभर एभरेष्ट स्कुलको सभाहल गजलमय र सङगीतमय बनेको थियो । दर्जनौ उत्कृष्ट गजल पस्केका कोइरालाले दर्शकहरुलाई दोस्रो वसाइमा पनि उक्तिकै उत्कृष्ट गजल सुनाउन भ्याए । उनका गजलका एक शेर ः

‘घाम कहाँ हेर्नलाई जून जस्तो मजा हुन्छ
कसले भन्यो हेरेर फूल छुन जति मजा हुन्छ ।’

त्यसरी नै दर्जनौ गीत–पस्केका अनिल फागोले पाकिस्तानी गायक गुलाम अलीको गजल गीत पस्केका थिए । कर्णप्रिय स्वरका धनी फागोले ‘चाँदी जेसे रङ तेरा….’ जस्ता हिन्दी गजलको गीत सुनाएका थिए । दर्शकबाट वान्स मोरलाई पनि उनले २/३ वटा गीत गाएर गीत–सङ्गीत, साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाए । सोही कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई (किशोर) ले ‘यस्ता सिर्जनशील आफूलाई मन–तानेको आगामी दिनमा प्रदेशस्तरीय कार्यक्रम हुनपर्ने’ धारणा राखेका थिए । उक्त कार्यक्रमको विशिष्ट अतिथिहरुमा युवराज वास्कोटा लेखक तथा एभरेष्ट आर्ट फ्युजन सल्लाहकार, विरध्वज शिवा अध्यक्ष कला साहित्य प्रवद्र्धन समिति पथरीशनिश्चरे नगरपालिका, सरोजा खड्गी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गायक रविन कन्दङ्वा र अमर प्रजापति नेपाल सेरामिक सहकारी संघ–सदस्य लगायत रहेका थिए । सो कार्यक्रमको अध्यक्षता एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष षडानन्द (निश्चल) सुवेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सोही संस्थाका सह–सचिव दिपक ढुङ्गाना ‘दियालो’ले गरेका थिए । उक्त कार्यक्रमको आयोजक एभरेष्ट आर्ट फ्युजनले गरेको थियो भने सहआयेजक सि.एम.कन्दङ्वा स्मृति कोष रहेको थियो । सोही कार्यक्रममा मोरङ र झापाका विभिन्न ठाउँबाट गरिव १ सय ५० भन्दा बढी साहित्यप्रेमी, गीतकार, गायक, गजलकार,सङ्गीतकार आएका थिए ।

सम्बन्धित खवर