आठ महिना अघिदेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ ।
धेरै समय अघिदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका उनको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज (आइतबार) निधन भएको क्रिकेट संघ मकवानपुरका सचिव दीपेन्द्र ढकालले बताएका छन् ।
३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका थिए । क्रिकेट संघ मकवानपुरले एक शोक वक्तव्य मार्फत मकवानपुर क्रिकेट संघका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तान समेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।
खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताए ।