आगामी मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि आज (सोमबार)बाट नेपाली महिला राष्ट्रिय फुटबल टिमले प्रारम्भिक प्रशिक्षण सुरु गरेको छ ।
एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षणको पहिलो चरणमा केही नयाँ अनुहार सहित ४२ खेलाडीलाई बोलाइएको छ । नेपाली यु–१९ टिमका ८ जना खेलाडीले प्रथम पटक सिनियर टोलीको प्रशिक्षणमा स्थान बनाएका हुन् ।
झापाकी सम्झना लावती, काठमाडौंकी प्रीति राई र मनीषा थापा तथा रौतहटकी रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर, सविता राना मगर र मनीषा रावत प्रथम पटक राष्ट्रिय टिमको प्रारम्भिक टिममा बोलाइएका छन् । ४२ सदस्यीय तयारी टोलीमा विभागीय टोलीहरुकै दबदवा रहेको छ ।
जसमा शसस्त्र प्रहरीको एपीएफ र आर्मीबाट १२÷१२ जनाले स्थान बनाएका छन् । पुलिसको ७ जना, रौतहटको ८ जना, काठमाडौंको २ र झापाको १ जनालाई सुरुवाती प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ । प्रशिक्षण साँझ ५ बजेबाट हुनेछ । पहिलो दिन ४२ मध्ये २९ खेलाडी प्रशिक्षणमा सहभागी भएका छन् ।
कुन–कुन टिमबाट को को
एपीएफ : निशा थोकर, सरु लिम्ब, एन्जिला तुम्बाप्पो सुब्बा, मञ्जली कुमारी योन्जन, रेखा पौडेल, हिरा कुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता केसी
आर्मी : विमला विश्वकर्मा, पुजा राना, पुनम जर्घा मगर, अन्जना राना मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, सर्मिला थापा, दिपा राई, सपना लामा, बिमला चौधरी र कृष्णा खत्री
रौतहट : समिक्षा घिमिरे, वसन्ती नाथ घिमिरे, रश्मी कुमारी घिसिङ, मनिषा रावत, सविता राना मगर, सलोनी राना मगर, रेविका राई र रोजिना श्रेष्ठ
पुलिस : निरु थापा, दिपा न्यौपाने, उषा नाथ, घिम कुमारी गुरुङ, अमृता जैसी, सृजना खड्का र निर्मला विश्वकर्मा
काठमाण्डौ : प्रीति राई र मनीषा थापा
झापा : सम्झना लावती
साग खेलकुद मंसिर १५ देखि २५ सम्म नेपालमा आयोजना हुँदैछ । नेपालमै आयोजना हुने सागको महिला फुटबल पोखरामा हुने बताइएको छ। एन्फाले सागका लागि मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवासलाई जिम्मेवारी दिएको छ । अस्मिताले यसअघि १९ वर्षमुनिको टोलीलाई प्रशिक्षण दिएकी थिइन् ।
–थाहा खबरबाट