
क्रेजी साप्ताहिक
विराटनगर । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । यसरी संक्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच÷पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक÷एक, उदयपुरको वेलकामा पाँच जनामा सक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा सक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।
यस्तैगरी प्रदेशबाट शुक्रबार छ जना संक्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने संक्रमितको संख्या ४ सय ६ पुगेको छ ।

