
क्रेजी साप्ताहिक
विराटनगर । रोटरी क्बल विराटनगर मिडटाउनको १९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एसेटिक होटलमा एक कार्यक्रम आयोजना गरि पदस्थापन कार्यक्रम भएको हो ।
रोटरी क्बल विराटनगर मिटडाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई हुनुभएको छ । भट्टराई सन् २०२०÷२०२१ को लागि रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा शनिबार पदभार ग्रहण गर्नुभएको हो । क्बलमा ५२ सदस्य रहेका छन् । क्बलको भावी अध्यक्षमा जय कमल अग्रवाल रहनुभएको छ ।
यस्तैगरी क्बलको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिब नबिन भट्टराई, कोषाध्यक्षमा गिरीराज बस्नेत र क्लब निर्देशकमा श्रवण कुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काब्रा , केशरीचन्द बोथरा, नरेस बंशल छन् । यस्तै सदस्यहरूमा अश्विनी बंशल, निस्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल रहनुभएको छ । क्लबका पदाधिकारीहरूलाई रोटरी एजी मधु काब्राले सपथ ग्रहण गराउनुभएको थियो ।
युवा उद्योगी र विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहनुभएको भट्टराईले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यक्रम गरि रोटरी क्बललाई समाजमा स्थापित गराउने बताउनुभयो । एक वर्षको कार्यकालमा विराटनगर महानगरपालिकासँग सहकार्य गरि सामाजिक कार्यक्रम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । विराटनगर–४ एयरपोट मोडदेखि एयरपोटसम्म करिब ५ सय मिटर २४ घण्टै उज्यालो शहर बनाउने योजना अगाडी बढेको भट्टराईले बताउनुभयो । ‘उज्यालो सहर बनाउने प्रस्ताब महानगरपालिकामा लगेको थिएँ । त्यो स्वीकार भइ काम अगाडी बढेको छ,’ पदस्थापन कार्यक्रममा भट्टराईले भन्नुभयो, ‘विराटनगर महानगरपालिकासँगको समन्वयमा रोटरी क्बल विराटनगर मिडटाउनले अन्य थप्रै कार्यक्रमहरू गर्नेछ ।’

यस्तै विराटनगरको हाटखोला र परोपकार घाटमा २० टन दाउँरा पनि सहयोग पर्ने उहाँको भनाई छ । क्बलले आगमी दिनमा विगतको वर्षहरुमा भन्दा फरक तरिकाको स्वास्थ्य शिविर पनि आयोजना गर्ने अध्यक्ष भट्टराईले बताउनुभयो । विशेषज्ञ चिकित्सकहरूको टोलीले ग्रामिण बस्तीदेखि विभिन्न ठाउँमा स्वास्थ्य शिविर गरिने उहाँले बताउनुभयो ।
रोटरी एजी मधु काब्राको प्रमुख अतिथिमा भएको पदस्थापन कार्यक्रममा फस्ट लेडी अन्जुला प्याकुरेल, वरिष्ठ रोटरी बेनीगोपाल मुन्दडा, क्बलका आइपीपी गंगा प्रसाद यादव, क्बलका पूर्वअध्यक्षहरू घनश्याम राठी, मुकेश उपाध्यक्ष भट्टराई, डा. बिरेन्द्र कुमार बिष्ट, राम अवतार अग्रवाल, सुरेशमान श्रेष्ठ, ललित लोहिया, भैरब प्रसाद रिजाल, नन्द किशोर राठी, जुगल राठी, सन्तोष अग्रवाल र दिप बहादुर खापुङको उपस्थित रहेको थियो ।

