पथरी शनिश्चरे नगरद्वारा एक सञ्चार संस्था र सञ्चारकर्मी पुरस्कृत - Crazysaptahik.com

पथरी शनिश्चरे नगरद्वारा एक सञ्चार संस्था र सञ्चारकर्मी पुरस्कृत

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्नो नगरको सञ्चार क्षेत्रको प्रवद्र्धन कार्यक्रम अन्तर्गत एक सञ्चार संस्था र एक जना सञ्चारकर्मीलाई उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ ।

सोमबार वि.सं. २०६४ सालदेखि प्रकाशित अनमोलमणि साप्ताहिकलाई नगद रु. २५ हजार सहित ‘उत्कृष्ट सञ्चार माध्यम पुरस्कार २०७७’ प्रदान गरिएको छ । यस्तै, ०६५ सालदेखि पत्रकारितामा क्रियाशील पथरीलाई कार्यक्षेत्र बनाएका दिनेश सुब्बालाई रु. १५ हजार नगद सहित ‘उत्कृष्ट पत्रकार पुरस्कार २०७७’ प्रदान गरिएको छ ।

नगरलाई मुख्य कार्यथलो बनाएको सञ्चार संस्था र पत्रकारलाई पुरस्कृत गर्ने नगरको कार्यविधि अनुरुप पुरस्कार वितरण गरिएको हो । प्रदेश १ का सांसद कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा नगर उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिग्राम काफ्ले सहितले अनमोलमणि साप्ताहिकका प्रकाशक सन्तोष राई र ब्लाष्ट टाइम्सका पत्रकार दिनेश सुब्बालाई नगद सहित प्रशंसापत्र प्रदान गर्नुभयो ।

नगरपालिकाको सहयोग र मिडिया प्रवद्र्धन समितिको समन्वयमा प्रदेश भिजन प्रा.लि.ले पुरस्कार वितरण सहित ‘पत्रकार आचार संहिता, नयाँ प्रविधिको विकास र त्यसको प्रयोग सम्बन्धी १ दिने तालिम तथा लेखनवृत्ति र पुरस्कार वितरण कार्यक्रम’ आयोजना गरेको हो ।

कार्यक्रममा, बोल्दै प्रदेश सांसद कृष्णकुमारी राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका २ नम्वर वडाध्यक्ष तथा प्रवक्ता यामप्रसाद गुरागाईंले यथार्थ समाचार सम्प्रेण गरी नगरको समग्र विकासका लागि पत्रकारहरुको झनै महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख बास्तोलाले पत्रकार प्रोत्साहनका लागि नगरले थप योजना बनाउने समेत बताउनुभयो । दुई चरणको सो कार्यक्रममा पत्रकार एवम् लेखनवृत्ति, सम्मान तथा पुरस्कार छनौट समितिका सदस्य अर्जुन जम्नेली राईले पत्रकार आचारसंहिता र पुरस्कार छनौट प्रक्रिया र अशोक खनालले पत्रकारितामा नयाँ प्रविधिको विकास र त्यसको प्रयोगका बारेमा सहजीकरण गर्नुभयो ।

प्रदेश भिजन प्रा.लि.का प्रवन्ध निर्देशक भिमराज अधिकारीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पुरस्कृततर्फका राई र सुब्बाले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे मुख्य कार्य क्षेत्र भएका ९ जना सञ्चारकर्मीलाई लेखनवृत्ति समेत प्रदान गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.