
ईस्वर दुलाल
शनिश्चरे । मोरङको पथरी शनिश्चरे– ८ ले न्यून आयस्रोत भएका ६ जना शारीरिक अशक्तहरुलाई साईकल तथा ह्विल चियर प्रदान गरेको छ ।
सोमबार वडाले दुई जना पूर्ण शारीरिक अशक्तलाई ह्विल चियर र चार जना आंशिक शारीरिक अशक्तहरुलाई साईकल वितरण गरेको हो । पूर्ण शारीरिक अशक्त फिगलाल लिम्बु र रबिन्द्र कुमार राईले ह्विल चियर प्राप्त गरेका थिए । आंशिक शारीरिक अशक्त योगेन्द्र बि.क., प्रेम खड्का, साने दर्जी र गिताराम मगरले साईकल प्राप्त गरेका थिए ।
दैनिक कामकाजमा सहज होस् भन्ने हेतुले वडाले अपाङ्ग लक्षित बजेट ५० हजार बराबरको सामाग्री प्रदान गरेको वडाका सचिब लिलाराज भट्टराईले जानकारी दिए ।
सो कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाबुराम दाहालले भने – यस बर्षको अपाङ्ग लक्षित बजेट बजेटबाट २ जना पूर्ण र ४ जना आंशिक शारीरिक अशक्तहरुलाई सहयोग गर्यौं । भावी दिनमा वडाले शारीरिक अशक्तहरुलाई पहिचान गरी सहयोग गर्नेछ ।
कार्यक्रममा वडा अध्यक्ष बाबुराम दाहाल, वडाका सचिब लिलाराज भट्टराई, सदस्यहरु शुक्र कुरुंङवाङ लिम्बु, श्याम गौतम, सिर्जना भट्टराई घिमिरे, मुना बि.क. लगायतको उपस्थिति रहेको थियो ।

