
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज (शुक्रबार) वितरण गरिएको छ ।
बंगुर तथा बाख्रापालन समूहतर्फ १० समूहका लागि ७ लाख, माछातर्फ नयाँ पोखरी निर्माण तथा पुराना पोखरी मर्मतमा ११ व्यवसायीका लािग ३ लाख ३२ हजार रकम अनुदान प्रदान गरिएको छ ।
यसैगरी, अण्डामा आत्मनिर्भर तथा पारिवारिकस्तरमा पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रमतर्फ १० वटा व्यवसायिक समूहका लागि ४ लाख रकम प्रदान भएको छ ।
बंगुर र बाख्रातर्फ समूहमार्फत पशु उपहार कार्यक्रम सञ्चालन हुने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाको सभाध्यक्षताको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगर दुध, कुखुरा, बंगुर, खसीबाख्रामा आत्मनिर्भर बन्दै गएको र अन्य क्षेत्रमा पनि आत्मनिर्भर बन्नका लागि नगरले कृषकलाई सदा साथ दिने बताउनु भयो ।
सो कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले पनि कृषी क्षेत्रको प्रोत्साहनमा लाग्ने जनाउनु भयो ।

