क्रेजी साप्ताहिक
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको ७ वटै वडाबाट नेपाली कांग्रेस पार्टी परित्याग गरी १ सय ५० जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ ।
बुधबार कानेपोखरी नेकपाको पार्टी प्रवेश कार्यक्रममा सो बराबरको युवाहरु कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको हो । नव प्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले अबिरको टिका र खदा लगाइदिएर पार्टी प्रवेश गराएका हुन् ।
नेपाली कांग्रेस निकट तरुणदलको जिल्ला सदस्य विशु राईको नेतृत्वमा तरुणदलका १५० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । कानेपोखरी गाउँपालिकाको ७ वटै वडाबाट युवाहरु प्रवेश गरेता पनि वडा नं. ७ र ५ को धेरै युवा प्रवेश गरेका थिए ।
पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले नवप्रवेशीलाई युवाहरुको योग्यता, क्षमता अनुसार पार्टीको विभिन्न जनवर्गीय संगठनमा जिम्मेवारी दिएर युवाहरुको उज्यालो भविष्य बनाउनेतर्फ नेकपा लाग्ने बताए ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा पार्टी प्रदेश सदस्य गीता तिम्सिना, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य इश्वरी आचार्य, क्षेत्र नं. २ का सांसद लिलाबल्व अधिकारी, पार्टी गाउँ इन्चार्ज राजेन्द्र मण्डल र राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष नविन पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
पार्टी प्रदेश सदस्य इन्द्र सुब्बा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य बिजय डांगी, युवा फ्याक्सन मोरङ इन्चाज अशोक दाहाल, गाउँ पार्टी सह–इञ्चार्ज अम्बिका अर्याल, वडा नं. ७ वडाध्यक्ष चरण गुरुङ, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत लगायत पार्टी प्रवेश कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा सभापति गाउँपार्टी अध्यक्ष भोला अधिकारी र सञ्चालन मनोज राजवंशीले गरेका थिए ।