
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे ९ मा रहेका २ जना शारीरिक असक्तहरुको अवस्थाका बारेमा बुधबार नगरपालिका कार्यालयले जानकारी लिएको छ ।
नगर उपप्रमुख एवम् अपाङ्गता परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य निर्मला गदाल, वडा सदस्य कुरुक्षेत्र नेपाल, नगर अस्पतालका डा. सावनकुमार मेहता सहितका सदस्यहरुको टोलीले अपाङ्गताको समस्या भोगिरहेका २ जनाको अवस्था जानकारी लिएको हो ।
ती मध्ये प्यारालाइसिसको समस्याका कारण विगत १ वर्षदेखि ओछ्यान पर्नुभएका ५५ वर्षीय राजेन्द्रकुमार राईको अवस्थाका बारेमा चेकजाँच गरी अपाङ्गता परिचयपत्रको प्रक्रिया अघि बढाइएको छ ।
कम्मरमुनीको समस्या भएर थलिनु भएकी ६२ वर्षीया सीता भण्डारीको अवस्थाका बारेमा पनि टोलीले जानकारी लिएको छ । नगर उपप्रमुख वास्तोलाको अगुवाईको अनुगमन् टोलीले बक्राहा खोलाको कटानको चपेटामा परेको वडा नम्बर ३ स्थित ढकालचोक पूर्वको पैनीको बाँध क्षेत्रको पनि यस अघि अनुगमन् गरेको छ ।

