पथरी शनिश्चरेका सहकारी सम्वन्धी छलफल - Crazysaptahik.com

पथरी शनिश्चरेका सहकारी सम्वन्धी छलफल

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे क्षेत्रमा रहेका सहकारी संस्थाका प्रतिनिधि र नगरपालिका बीच सहकारी व्यवस्थापनका विषयमा आज (विहिबार) छलफल भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई, नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सहकारी शाखा प्रमुख केशवदेवी धमला तथा सहकारी संघ संस्थाका प्रतिनिधिबीच छलफल भएको हो ।

जिल्ला सहकारी संघका सदस्य योगराज पौडेल, युवराज भट्टराई तथा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सोमनाथ निरौला, उपाध्यक्ष वीनादेवी राई, सचिव एकराज निरौला, सहकारी कर्मचारी संगठन नगर अध्यक्ष गणेशकुमार राई सहितका नगरका सहकारी संस्थाका प्रतिनिधिहरुले आफ्ना धारणा राख्नुभयो ।

नगरले नयाँ सहकारी दर्ता तथा सूचीकृत गर्ने सूचना प्रवाह गरेको र त्यस विषयमा प्रतिनिधिमुलक अर्काे छलफलले टुंगोमा पु¥याउने निर्णय भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.