
क्रेजी साप्ताहिक
पथरी । धरानमा स्थापित गोर्खा वेलफेयर ट्रष्टले मोरङको पथरी शनिश्चरे नगरका लागि कोरोना भाइरसको संक्रमणबाट बच्ने स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान गरेको छ ।
बुधबार ट्रष्टका दमकमा अवस्थित सिनियर वेलफेयर एरिया अफिसर पुनेन्द्र लिम्बु र ट्रष्टका धरानका रुद्र लिम्बुले नगर प्रमुख दिलीपकुमार राई, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडल सहितलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
नगरले पथरी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टिनका लागि हातधुने पानीका सामग्री तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पीपीइ सेट, सर्जिकल मास्क, एन नाइन्टिफाइभ मास्क, रबर ग्लोब्स, हाइजेनिक किट सहित १५ प्रकारका सामग्री प्रदान भएको हो ।

