पथरीशनिश्चरेमा क्लिनिकल अपडेट तालिम - Crazysaptahik.com

पथरीशनिश्चरेमा क्लिनिकल अपडेट तालिम

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगर मातहतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीको पुनर्ताजगी गराउन २ दिने क्लिनिकल अपडेट तालिम विहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, तालिम सहजकर्ता कोशी अस्पताल विराटनगरकी नर्सिङ निरीक्षक ममता श्रेष्ठले नर्सिङ स्वास्थ्यकर्मीहरु आफ्नो जिम्मेवारीमा दुरुस्त अवस्थामै पाइएकोमा खुसी व्यक्त गर्दै निरन्तर सक्रियताको अपेक्षा गर्नुभयो ।

सो कार्यक्रममा सहभागिको तर्फबाट निर्मला विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभयो । २५ जनाको सहभागिता रहेको तालिममा श्रेष्ठका साथै कोशी अस्पतालकी अनमि सुधा मण्डलले सहजिकरण गर्नुभएको थियो ।

तालिमपछि नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितले पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने भीआइए जाँचका लागि आवश्यक सामग्री नगरका सम्बन्धित ८ वटा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो । भीआइए सेवा नगर मातहतका ८ स्वास्थ्य संस्थामा अव नियमित रुपमा सञ्चालन हुने भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.