
क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ ले विहिबार आफ्नो वडाका २ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ ।
वाल तथा मातृशिशु मृत्युदरमा कमी ल्याउनका साथै स्वास्थ्य जानकारी सहित खोप सेवामा प्रभावकारिता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयमसेविका सरस्वती चौधरी र मञ्जु वस्नेतलाई जनही नगद १० हजार समेत प्रदान गरी सम्मानित गरिएको हो ।
स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रममाझ नगर प्रमुख दिलीपकुमार राई, वडाध्यक्ष वावुराम दहाल, वडा सचिव ललिता लावती, स्वास्थ्य शाखाका एकराज खत्रीले उहाँहरुलाई सम्मानित गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख राईले प्रत्येक वडामा रहनु भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट नगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह भएको भन्दै उहाँहरुको प्रशंसा गर्नुभयो ।

