कानेपोखरीमा पत्रकारिता र उद्घोषण तालिम समापन - Crazysaptahik.com

कानेपोखरीमा पत्रकारिता र उद्घोषण तालिम समापन

क्रेजी संवाददाता
पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको सहयोग र नेपाल आदिवासी जनजाति महासंघ, समन्वय परिषद कानेपोखरीको आयोजनामा पाँच दिने पत्रकारिता र उद्घोषण कला सम्वन्धी तालिम शनिबार समापन भएको छ ।

वडा नं. २ मा रहेको आदिबासी जनजाति भवनमा भएको कार्यक्रम असार १५ देखि आधारभूत पत्रकारिता र उद्घोषण कला तालिम भएको थियो । यतीवास सामुदायिक संस्थाको समन्वयमा भएको तालिममा पत्रकारिता तर्फ २४ र उद्घोषणतर्फ २६ जना युवा युवतीहरुले सहभागिता जनाएको थियो । तालिमको सहजीकरण पत्रकारिता तर्फ नेपाल आदिबासी जनजाति पत्रकार महासंघ, फोनिज १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, पत्रकार उत्तम राई र उद्घोषण तर्फ धरानकी संञ्चारकर्मी सञ्जु राईले गरेका थिए ।

कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा उपस्थित वडा नं. २ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता सुशिल बुढाथोकी, पालिकाको सामाजिक विकास प्रमुख तथा वडा नं. ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेत, मगर संघ कानेपोखरीका प्रतिनिधि होम थापामगरले शुभकामना मन्तव्य दिएका थिए ।

गाउँपालिका अध्यक्ष काफ्ले लक्षित वर्गको लागि छुट्याइएको रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद ऐन अनुसार टेन्डर प्रक्रियाबाट मात्र खर्च गर्न सुझाव आएको बताए । सो पत्रको कारण लक्षित वर्गको लागि विनियोजित बजेट खर्च गर्न कठिन भइरहेको बताए । तालिमको सहजकर्ता अर्जुन जम्नेली राई र सन्जु राईले तालिमलाई प्रभावकारी बनाउन मेहनतको साथ लागेको बताएका थिए । सहभागिको तर्फबाट चित्र मगर र धुर्ब राईले तालिम उपलब्धीमुलक भएको प्रतिक्रिया राखेका थिए ।

सो कार्यक्रममा फोनिज मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा, नेपाल पत्रकार महासघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, पूर्व सहसचिव सन्तोाष राई, राजवंशी सेवा समाजका नेता मनोज राजवंशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सहभागिताको प्रमाणपत्र वितरण भएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कानेपोखरीको अध्यक्ष भोजवीर माझीको सभापतित्वमा भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.