जबरजस्ती करणी गर्ने साह पक्राउ - Crazysaptahik.com

जबरजस्ती करणी गर्ने साह पक्राउ

क्रेजी संवादाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित दृष्टी चश्मा घरमा कार्यरत डाक्टर राजेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साह अश्लील भिडियो देखाउँदै १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रकाउ परेका हुन् । बीपी चौकस्थित दृष्टी चस्मा घरमा कार्यरत २८ वर्षीय राजेश शाहा र पीडित परिवार एउटै घरको फ्लाइटमा डेरा बस्दै आएका थिए । बालिकाको अभिभावक घरमा नभएको बेला साहले बालिकालाई अश्लील भिडियोहरु देखाउदै जबरजस्ती करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

साहले बलात्कार गर्न थालेपछि बालिका दिनदिनै नियउरो हुने र अप्ठेरो गरी हिड्न थालेपछि अभिभावकले सोधखोज गर्दा जबरजस्ती करणीमा परेको घट्ना खुलेको थियो । बालिकाले सो कुरा परिवारमा भनेपछि अभिभावकको उजुरीको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रण रहेको साह विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर कारबाही थालिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए ।

सप्तरी जिल्ला स्थायी घर भएका साहले आफूलाई आँखाको डाक्टर भन्ने गरे पनि सो स्तरको स्वास्थ्यकर्मी हो, होइन प्रमाण–पत्र मगाउने काम भइरहेको इलाका प्रहरी कार्यालय पथरीमा मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक गिरीराज खड्काले जानकारी गराए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.