उर्लाबारीमा ७५ बर्षीया बृद्धाले जितिन् कोरोना - Crazysaptahik.com

उर्लाबारीमा ७५ बर्षीया बृद्धाले जितिन् कोरोना

कोरोना भाइरस संक्रमणको खतरा वृद्ध र बिरामीलाई हुने मानिँदैं आएको छ । विश्वमा यसका कारण मृत्यु हुनेमा पाका उमेरका मानिस पनि धेरै छन् । तर मोरङको उर्लाबारीमा ७५ वर्षकी वृद्धाले कोरोना भाइरसलाई पराजित गर्न सफल भएकी छन् । सोमबार मध्यान्ह नुनादेवी थापा ७५ हर्षित मुद्रामा देखिईन् ।

कोरोना संक्रमणको कारण दुर्गापुरीस्थित आइसोलेसनमा उपचाररत थापाले कोरोना संक्रमणलाई जितेपछि खुशी भएकी हुन् । उर्लाबारी—८ मा बस्दै आएकी उनी संक्रमणपछि निरास हुँदै अस्पताल पुगेकी थिइन्न, तर फर्कदा कोरोनालाई हराएर मुस्कुराउँदै घर फर्किएकी छन् ।

उनलाई कोरोनाले कैले छोड्छ भन्ने चिन्ता थियो । गत असार १४ गते कोरोना पोजेटिभ आएपछि उनी उर्लाबारी—९ स्थित राजघाट उपस्वास्थ्य चौकीको कोभिड हस्पिटलमा आइसोलेट भएकी थिईन् ।

‘कोरोना संक्रमण भएपछि एकदिन त सास फेर्न पनि निक्कै गाह्रो बनाएको थियो, उनले भनिन्, अरु त दिन त आराम गरेर बसियो । कोरोना संक्रमण हुँदा कतिपनि डर नलागेको उनले बताईन् । ‘मलाई त डरै लागेन, थापाले भनिन्, डरायो भने काहाँ बाचिन्छ र ? कोरोना भन्दा ठुलो रोग त्रास भएको उनले उल्लेख गरिन् ।

कोरोना नेगेटिभ आएपछि आज राजघाट स्वास्थ्य चौकीमा थापालाई बिदाई गरिएको थियो । नुनादेवीको छोरा हडेन्द्र थापाले ज्यानको बाजी राखेर आमाको उपचारमा अहोरात्र खट्नुहुने स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद प्रकट गरे । उनले भने, डाक्टर राजकुमार चौधरीको टिमलाई धन्यवाद दिन चाहान्छु ।

उहाँको टिमको निगरानी र अथक प्रयासले मेरो आमा पूर्ण रुपमा कोरोना परास्त गर्न सफल हुनुभएको छ । उनी आफ्नी आमालाई बचाउनुको श्रेय चिकित्सकलाई दिन चाहन्छन् ।

‘जब आमालाई कोरोना भाइरस देखियो हामी घरमै क्वारेन्टाइनमा थियौं, हडेन्द्रले भने, ‘आमा अस्पतालमा हुनुहुन्थियो, आमासँग हाम्रो भेट भएको थिएन, आत्तिएका थियौ। उपचारमा भइरहेको प्रगति उनले परिवारलाई जानकारी दिएका थिए।

‘आमाले एकै पटक अस्पतालमा कोरोनालाई जितेको खवर हामीले पायौं, ‘हामी उहाँको उमेरदेखि डराएका थियौं।’ अस्पतालमा आमाको मनोबल एकदमै उच्च थियो । जसले गर्दा १४ दिनको अस्पताल बसाईपछि कोरोना परीक्षणमा उनले भनेजस्तै नेगेटिभ रिपोर्ट आयो,उनले भने । यो सबै उनको बलियो इच्छाशक्तिका कारण सम्भव भएको परिवारका सदस्य र चिकित्सकको भनाइ छ।

छोरा हडेन्द्रका अनुसार हट्टाकट्टा आफ्ना साथीभाई कोरोनाको कारण निधन भएको सुन्दा देख्दा आमालाई कसरी कोराना पराजित गराउने भन्ने डर थियो ।

आमालाई फर्काउन सकिने हो कि होईन भन्ने दुविद्धाका साथ आमाले कोरोना जित्नुभएकोमा निक्कै खुशी लागेको उनले प्रतिक्रिया दिए । हुन त ज्यानको अगाडी पैसा ठुलो कुरो होईन ठुला हस्पिटल लगेको भए, १५\२० लाख सकिने रहेछ ।

हडेन्द्रले उर्लाबारी नगरपालिकाद्धारा सन्चालित राजघाटको कोभिड हस्पिटल प्रति निक्कै भरोसा देखाए । १० लाखमाथि सम्मको निशुल्क उपचार खाना बस्नको प्रवन्धले कोरानाको बिरामीलाई निक्कै सजहता भएको स्थानीय राजन रायमाझीले बताए ।

उनले भने, ठुला हस्पिटलमा पैसा पनि सकिएको मान्छे पनि सकिएको खबरहरु आईरहेका छन् । राजघाटको कोभिड हस्पिटल अन्य हस्पिटल भन्दा कम छैन् ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.