भिन्सको शतकले बाबरको शतक छायामा, इंग्ल्याण्डद्वारा सिरिज क्लिस्वीप - Crazysaptahik.com

भिन्सको शतकले बाबरको शतक छायामा, इंग्ल्याण्डद्वारा सिरिज क्लिस्वीप

बाबर आजामको शानदार शतकलाई छायामा पार्दै जेम्स भिन्सले करियरकै पहिलो एकदिवसीय शतक बनाएपछि घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो खेल जित्दै तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।

मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज आफ्नो जितेको हो । पाकिस्तानले दिएको ३३२ रनको उच्च लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

इंग्ल्यान्डको जितमा नायक बनेका जेम्स भिन्सले १०२ रन बनाए । उनले ९५ बल खेल्दै ११ छक्का प्रहार गरे । यस्तै लेविस ग्रेग्रोरीले ७७ रन योगदा गर्दा ज्याक क्रलीले ३९, फिल साल्टले ३७ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिए भने शादब खानले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबरको शानदार शतकमा ५० ओभरमा ९ विकेट गुमाएर ३३१ रन बनाएको थियो ।

बाबर आजमले १३९ बल खेल्दै १४ चौका र ४ छक्का मद्दतमा १५८ रन बनाए । यस्तै मोहम्मद रिजवानले ७४ र इमाम उल हकले ५६ रनको योगदान दिए । इंग्ल्यान्डका ब्राएडन कार्स एक्लै ५ विकेट लिए भने सकिब मोहमुदले ३ विकेट लिए ।

यसअघि इंग्ल्याण्डले पहिलो खेल ९ विकेटले र दोस्रो खेल ५२ रनले जितेको थियो । इयान मवर्गनको कप्तानीमा रहेको टिमका केही सदस्यलाई कोरोना संक्रमण भएपछि इंग्ल्याण्डले बेन स्टोक्सको कप्तानीमा अर्को टिम नै घोषणा गरेर यो सिरिज खेलाएको थियो।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.