मोडलिङमा आईशाको एट्राक्सन - Crazysaptahik.com

मोडलिङमा आईशाको एट्राक्सन

आईशा गुरुङको विकिनी पोज देखेर धेरैले आश्चर्य मानेका थिए । आफन्त, साथीभाइहरुले गाली गरे । सुरुवाती दिनमा आईशा स्वंयमलाई विकिनी भल्गारिटीको नमूना जस्तो लाग्थ्यो । विदेशी मोडल महिलाहरुको विकिनी पोजलाई पल्टापल्टाई हेर्ने र कोठामा तस्बिर टाँस्ने तर आफ्ना देशका महिलाहरुको तस्बिरलाई गाली गर्नेहरुको भिडलाई वास्तै नगरि विकिनीमा आफूलाई प्रस्तुत गर्ने थालिन् उनले ।

विकिनीमा आईशाको आत्मविश्वास र उत्कृष्ट अदालाई धेरैले प्रशंसा गरे । शुरुवातीकालमा नराम्रो भन्नेहरुको नजरमा पनि उनी उत्कृष्ट बन्दै गईन् । लेखनाथ, पोखराबाट करिब ५ बर्षअघि हङकङ आएकी आईशाले स्नातक तह दोश्रो बर्षको अध्ययन पुरा गरेकी छिन् । कक्षा १० पढ्दाताका नै मोडलिङ, अभिनय गर्ने रहर पालेकी आईशा सम्पुर्ण पक्षबाट अभिनयको लागि तयार भएको बताउँछिन् । आफुलाई क्यामेरामा अभ्यस्त बनाउँनका लागि युट्युवमा भिडियो (भल्ग) बनाउ+छिन् ।

गर्मीको समयमा समुन्द्रका किनार, स्विमिङ् पुल लगायतमा विकिन लगाएर मस्त आरम गरिरहेका विदेशी महिलाहरु देख्दा आफुलाई पनि विकिनीप्रति मोह जागृत भएको बताउँछिन आईशा । फिट, स्वास्थ्य र कन्फिडेन्स विकिनी पहिरनको लागि चाहिने तत्वहरु हुन् । आफूलाई स्वास्थ्य राखेर शरिरको शुन्दरता पानीमा प्रस्तुत गर्नु अदभूत सीप ठानेको छु उनी भन्छिन् ।

देश विदेश भ्रमण गर्ने सोख रहेको आईशा भबिष्यमा सफल मोडल बन्न चाहन्छिन् । मज्जाको राईको शब्द, मविन्द्र राईको संगित र अस्मिता अधिकारीको स्वर रहेको गीत मार्फत पहिलोपटक अभिनय यात्रा आरम्भ गर्दैछिन् । अनुशासित र शान्त गुण भएका केटाहरुले आकर्षित गर्ने आईशालाई आफ्नो शरिरको सबैभन्दा सेक्सी आँखा लाग्छ । उनी भन्छिन्– ‘आफ्नो भाव र अपिलिङ् आँखा मार्फत प्रस्तुत गर्न सकिन्छ ।’
– शब्द : अनोज रोक्का
– तस्बिर : मज्जाको राई / मज्जाको प्रोडक्सन, हङकङ

सम्बन्धित खवर